शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा १५% सम्मको छुट

बुधबार, ०८ फागुन २०७५, १८ : २०
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउने भएका छन् ।

माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा  पाउन सक्नेछन् । चिरायु अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप