शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दबाबमा मुद्धा चलाउने प्रवृति हावी हुँदै गएको छ : महान्यायधिवक्ता खरेल

बुधबार, ०८ फागुन २०७५, १९ : ४९
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– महान्यायधिवक्ता अग्निप्रसाद खरेलले दबाबमा मुद्धा चलाउने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् ।  बुधबार आफ्नै कार्यालयमा आयोजित महान्यायधिवक्ताको पद बहाली गरेको एक बर्षको समीक्षा र भावी कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय समाजमा दबाबमा मुद्धा चलाउने प्रवृति हावी हुँदै गएको बताएका हुन् । 

कुनै पनि घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पदलाई नियन्त्रणमा लिने, अध्ययन अनुसन्धान गर्ने तथा सो क्रममा दोषी पाईए मुद्धा चलाउने र निर्दोष भए छोड्ने प्रक्रिया अनुसन्धानको सामान्य प्रक्रिया भएको भन्दै उनले नियन्त्रणमा लिने वित्तिकै कोही पनि अपराधी नहुने उल्लेख गरे । तर पछिल्लो समय अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति माथिनै मुद्धा चलाउन दबाब दिने प्रवृत्ति समाजमा देखिदै गएको उनले बताए ।

महान्यायाधिवक्ता खरेलले दबाबमा परेर जो कोही माथि मुद्धा चलाउने काम नगर्न मातहतका सरकारी वलिकहरुलाई निर्देशन दिए । महान्यायाधिवक्ताको कार्यालयले यस बर्ष गत बर्षको तुलनामा फौजदारी मुद्धाको सफलतामा ४ प्रतिशतले बृद्धि भएको दाबी गरेको छ । कार्यक्रममा एक बर्षभित्र गरिएको कार्यक्रमको फेयरिस्त प्रस्तुत गरिएको थियो ।

हेलो साक्षी कार्यक्रमदेखि नमुना सरकारी वकिल कार्यालयको व्यवस्था लगायत ४४ बुँदामा कार्यप्रगति सार्वजनिक गरिएको थियो । त्यसैगरी मुलुकी संहिताको प्रभावकारी कार्यान्वनय, कानून विश्वविद्यालयको स्थापनाका लागि सहजीकरण गर्ने लगायत ३१ बुँदा आगामी कार्ययोजनाका रुपमा सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप