बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिविका सहायक डिन साहलाई विद्यार्थीले दले कालोमोसो

बुधबार, ०८ फागुन २०७५, २० : १२
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् ।

साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न खोजेको भन्दै  नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् । 

सहायक डिन साहलाई कालोमोसो दलेलगत्तै विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् । साह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । 

सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो ।

साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै निलम्बन गरिएको त्रिविले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप