पार्टी कसैको बपौति होइन, नेपाली जनताको हो : सभापति देउवा
पर्सा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन् ।
नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने स्पष्ट पारे ।
सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिए ।
‘काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ,’ सभापति देउवाले प्रस्ट पारे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले सरकारको कमी कमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि सङ्र्घषमा होमिन काङ्ग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गरे ।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि सरकार बेखबर रहेकोे आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !