विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि
रोल्पा – बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।
विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच ÷ सातजना हुँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए । यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।
दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभुत विद्यालयमा दोस्रोपटक धामी बलालिएको हो ।
‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नुभएको हो । जति गर्दा पनि भएन आज त कालो बोकासहित धामी बसेका हुन्,’ विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान