मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एट्लेटिकोसँग हार्‍यो युभेन्टस

बिहीबार, ०९ फागुन २०७५, १० : ५६
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी –युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन युभेन्टसलाई २–० गोलले पराजित गरेको छ ।

एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले बलमा पकड जमाएपनि गोल गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो । 

७८औं मिनेटमा जोसे जिमिनेजले गोल गर्दै घरेलु टोलीको उत्साह बढाए । ८३औं मिनेटमा कप्तान डिएगो गोडिनले गोल गर्दै अग्रता दोब्बर पारे । 

गोडिनको शसक्त प्रहार युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई लाग्दै गोल भएको थियो । त्यसअघि रेफ्रीले अल्भारो मोराटाको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयतामा नदिएपछि युभेन्टस बराबरी गर्नबाट चुकेको थियो । 

यस जितसँगै एट्लेटिकोले घरेलु मैदानमा च्याम्पियन्स लिगको नकआउट खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । 

युभेन्टसले एट्लेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग आगामी मार्च १३ तारिख युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप