शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघका कार्यकर्तालाई निधि र महतको चेतावनी

बिहीबार, ०९ फागुन २०७५, १७ : १९
बिहीबार, ०९ फागुन २०७५

काठमाडौँ– काँग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ता र पार्टी नेताहरुबीच चर्काचर्की भएको छ । 

नेविसंघमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरका स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधानको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ पूर्व महामन्त्री कुन्दन काफ्ले समूहका कार्यकर्ता र पार्टी नेताहरु विमलेन्द्र निधि तथा डा। प्रकाश शरण महतवीच चर्काचर्की भएको हो । 

त्यसक्रममा महत र निधिले प्रदर्शन र धर्नाले केही नहुने भन्दै विधानअनुसार निर्णय गर्ने बताएका थिए । निधि पार्टी उपसभापति हुन् भने महत सहमहामन्त्री हुन् । 

उनीहरुबीच भएको विवादपछि सहमहामन्त्री प्रकाश शरण महतले विद्यार्थी नेता निरन्जन थापालाई कारबाही गर्ने चेतावनी दिएको निर्वतमान केन्द्रीय सदस्य नमराज त्रिपाठीले बताए । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले दुई वर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केहीदिनअघि राजीनामा दिएका थिए । महरको राजीनामासँगै बन्ने भनिएको नेविसंघको तदर्थ समितिमा समेत ३२ बर्षे हदम्याद लागू गर्नुपर्ने केहि विद्यार्थी नेताहरुको माग रहेको छ । तर, पार्टी नेतृत्व तदर्थ समितिमा ३२ बर्षे हदम्याद नलगाउने पक्षमा रहेको छ । 

नेताहरुले यस्तो तयारी गरेपछि ३२ वर्षको हदम्याद लगाएर तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप