जब साउदी युवराज सलमानले नरेन्द्र मोदीलाई ठूला दाई भनेर सम्बोधन गरे...
एजेन्सी– साउदी युवराज मोहम्मद बिन सलमान हाल भारत भ्रमणमा छन् । यही अवसरमा उनले बुधबार आफ्नो देशमा कैदी जीवन भोगिरहेका ८५० भारतीय कैदीहरुलाई रिहा गर्न सहमत भएका छन् । यस निर्णयलाई कार्यान्वयन गर्न उनले निर्देशन पनि दिइसकेका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले यो निर्णय प्रधानमत्री मोदीको अनुरोधमा गरिएको बताए । रविशले एक ट्वीटमार्फत यो जानकारी दिएका हुन् । त्यस्तै युवराजले भारतबाट हजमा जानेहरुको संख्या पनि बढाउने घोषणा गरेका छन् । अब प्रत्यक वर्ष पाकिस्तानीभन्दा बढी संख्यामा भारतीय मुलसमानहरु हज गर्न जानेछन् ।
हज यात्रीहरुको कोटा पाकिस्तानलाई भन्दा बढी भारतलाई बुधवार आपसी छलफलको क्रममा भारतका एक केन्द्रीय मन्त्रीले युवराजसँग हज तीर्थयात्रीको कोटा बढाउने प्रस्ताव राखेका थिए । अल्पसख्यक कल्याण मन्त्री मुख्तार अब्बास नकवीले भारतीय मुसलमानहरुको लागि १.८ लाख कोटा माग गरेका थिए ।
साउदी युवराज सलमानले नरेन्द्र मोदीतर्फ फर्कदैं भने, ‘उनी मेरा ठूला दाई हुन् । उनले जे भन्छन् म त्यो गर्नेछु ।’ युवराजको उक्त कुरा सुनेपछि प्रधानमन्त्रीले तत्काल ‘दुई लाख’ दिने जवाफ दिए र सलमानले मोदीको प्रस्ताव स्वीकार गरे ।
पाकिस्तानबाट प्रत्येक वर्ष हज यात्रा जाने तीर्थालुहरुको कोटा १.८० लाख रहेको छ । यो परिवर्तनसँगै तीर्थयात्रीहरुको कोटा पाकिस्तानको भन्दा भारतीयहरुको बढी हुनेछ । मोदीको चार वर्षे कार्यकालमा भारतबाट हज तीर्थयात्रा जानेहरुको कोटा ७० हजारले बढिसकेको छ । पछिल्लो पटक साउदी भ्रमण गएका मोदीले त्यहाँको राजा अब्दुल्लासँगको भेटमा ३० हजार बढी कोटाको माग गरेका थिए ।
त्यसपछि गएका मन्त्री नकवीले कोटामा बृद्धि गराएका थिए । पछिल्लो समय भारतबाट साउदी अरब तीर्थयात्रा जाने कोटा १.७५ लाख थियो । नकवीले यसमा ५ हजारको बृद्धि चाहेका थिए तर मागेभन्दा बढीको वृद्धि भइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल