शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मैदानमै दर्शकले ‘बलत्कारी रोनाल्डो’ मर भनेपछि...

बिहीबार, ०९ फागुन २०७५, १८ : ५०
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–० गोलले पराजित भयो । 

च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसका लागि गोल गर्न सकेनन् । टोलीको हार, त्यसमाथि गोल गर्न नसक्नुको पिडा रोनाल्डोलाई ठूलो थियो । 

हारको पीडामाथि दर्शकले रोनाल्डोविरुद्ध नाराबाजी गर्दै झनै पिडा थपे । एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा प्यारापिटका दर्शकले घरेलु टोलीको समर्थनमा नाराबाजी गर्दा रोनाल्डोलाई बलत्कारी भन्दै अपमान पनि गरेका थिए । 

प्यारापिटका दर्शकले खेल रोनाल्डोलाई ठूलो स्वरमा ‘बलात्कारी रोनाल्डो’ र ‘तिमी मर’ भन्दै नाराबाजी गरेका थिए । जब रोनाल्डो मैदानको लाइन नजिक पुग्थे, घरेलु समर्थकले रोनाल्डोलाई लक्षित गरी चर्को नारा लगाउँथे ।

रोनाल्डोले भने मैदानबाटै एट्लेटिकोका सर्मथकलाई हातका पाँच औंला देखाएर जवाफ दिइरहेका थिए । रोनाल्डोले आफूसँग पाँचवटा च्याम्पियन्स लिगको उपाधि भएको र एट्लेटिकोले अहिलेसम्म एउटा पनि च्याम्पियन्स लिग उपाधि नजितेको जवाफ रोनाल्डोले दिएका थिए । 

एट्लेटिकोविरुद्ध व्यक्तिगत गोल गर्न नसकेपनि रोनाल्डोको प्रदर्शन भने दमदार थियो । यस खेलले युभेन्टसको घरेलु मैदानमा आगामी मार्च १३ तारिखमा हुने दोस्रो लेगमा गोल गर्न रोनाल्डोलाई जोस थपेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप