शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालो वर्ण, मोटो शरिर र अचम्मको हेयरस्टाइलः बलिउड प्रवेशअघि यस्तो थियो नेहा कक्कडको लुक

शुक्रबार, १० फागुन २०७५, १२ : २०
शुक्रबार, १० फागुन २०७५

आजकाल नेहा कक्कडको गन्ती बलिउडको सबैभन्दा चर्चित गायिकामा हुन्छ । हालै रिलिज भएको फिल्म ‘सिम्बा’ को गीत ‘आँख मारे....’ निकै चर्चित भएको छ । यस्तै, नेहाको लुकको कुरा गर्नुपर्दा बद्लिँदो समयसँगै उनी पनि निकै परिवर्तित भएकी छिन् । कुनै समय नेहा कालो वर्णकी थिइन् र मोटी पनि । अहिले नेहा कक्कडका केही पुराना तस्बिर पुनः सार्वजनिक भइरहेका छन् जसमा उनलाई पहिचान गर्न नै मुश्किल छ ।

इंडियन आइडलकी प्रतियोगी पनि हुन्ः

जब नेहा ११ कक्षामा थिइन् तब उनले इन्डियन आइडलमा भाग लिएकी थिइन् । यद्यपी, उनी त्यसमा धेरैसम्म टिक्न सकिनन् । नेहाले चार वर्षको उमेरदेखि संगीत सिक्न सुरु गरेकी हुन् । नेहाले आफ्ना दाइ टोनी कक्कड र दिदी सोनू कक्कडसँग तालिम लिएकी थिइन् । नेहा करियरको सुरुवाती दिनमा आफ्ना दाइ–दिदीसँग जगरातेमा भजन गाएकी थिइन् ।

युट्युबले पाइन् चर्चाः

नेहा कक्कड युट्युबबाट चर्चा पाइन् । सन् २००८ मा नेहाले आफ्नो एल्बम ‘नेहा द रक स्टार’ रिलिज गरिन् । यो एल्बमलाई मीत ब्रदर्सले कम्पोज गरेका थिए । नेहाले बलिउडलाई विभिन्न चर्चित गीत गाइसकेकी छिन् । उनका ‘वो एक पल, सेकेन्ड ह्यान्ड जवानी, एसआरके एन्थन, शैतान, जादूकी झप्पी, बोतल खोल, मनाली टेरेन्स, घतिंग नाच, पार्टी शोज बिन्दास, आओ राजा, सनी सनीm लण्डन ठुमकदा र जादुकी झप्पी’ जस्ता गीत चर्चित छन् ।

१० देखि १५ लाख लिन्छिन् पारिश्रमिकः

नेहा कक्कड बलिउडकी महँगी महिला गायिकामध्येकी एक हुन् । उनले एउटा गीतको लागि १० देखि १५ लाख भारु लिन्छिन् । यदि कुनै फिल्म वा प्रोजेक्टमा उनीले कुनै गीत कम्पोज गर्नका लागि भनिन्छ भने उनले महिनाको २–३ लाख पारिश्रमिक लिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप