शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बेस रेटपछि घर र सवारी कर्जा कुन विकास बैंकमा सस्तो पाइन्छ ?

शुक्रबार, १० फागुन २०७५, १२ : २४
शुक्रबार, १० फागुन २०७५

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिएपछि बैंक तथा वित्तिय संस्थाले आफ्ना नयाँ दरहरु (आधारदर, स्प्रेडदर, ब्याजदर) सार्वजनिक गरेका छन् । पुस मसान्तसम्म बैंकहरुले सार्वजनिक गरेको आधारदरका आधारमा हामीले राष्ट्रिय स्तरका विकास बैंकले प्रवाह गर्ने घर र सवारी कर्जाको ब्याजदर कस्तो छ भनेर देखाउँन खोजेका छौ ।

पछिल्लो समय सामान्य आयस्रोत भएकाहरुको घर र गाडीको सपना बैंकहरुले पुरा गर्दै आएका छन् । किस्ताबन्दीमा ऋण तिर्ने गरी घर तथा गाडी खरिद गर्न सक्ने भएपछि  आफ्नो मासिक आम्दानीको केही प्रतिशत बैंकलाई तिर्ने गरी घर र गाडी खरिद गरिरहेका छन् । भविष्यमा भुक्तान गर्ने गरी लिइने रकम ऋण हो । ऋण लिँदा बैंकहरुले लिने ब्याजदरमा निकै चनाखो हुनुपर्छ ।

लुम्बिनी विकास बैंक 

यस बैंकको आधार दर ११.१६ प्रतिशत छ । यस आधारमा लुम्बिनी विकास बैंकले १५ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा उपलब्ध गराउँनेछ । यसले न्युनतम १२.४१ प््रातिशत देखि १४.९१ प््रातिशतसम्मको ब्याजदरमा घर कर्जा उपलब्ध गराउँछ । यस्तै दुई पांग्रे सवारीको लागि बेसरेटमा थप ३.२५ देखि ५.२५ प्रतिशत सम्मको ब्याजदर रहेको छ  भने अटो लोन आधार मूल्यमा २.२५ प्रतिशत देखि ४.२५ प्रतिशतसम्म छ ।

ओम डेभलपमेन्ट बैंक

हाउजिङ ऋण आधार मूल्यमा २.४२ प्रतिशतसम्म पाइन्छ । यसको आधार मूल्य ११.५८ प्रतिशत सम्म रहेको छ । यस आधारमा ओम डेभलपमेन्ट बैंकबाट १४ प्रतिशत ब्याजदरमा हाउजिङ लोन पाइन्छ । हायर पर्चेज ऋण साढे १४ प्रतिशतमा पाइन्छ ।

देवः विकास बैंक

यसले घर कर्जा १३ प्रतिशत देखि साढे १८ प्रतिशतसम्ममा दिन्छ । देव विकास बैंकको आधार मूल्य ११.९१ प्रतिशत रहेको छ । सवारी कर्जा पनि आधारमूलयमा एक देखि साढे ५ प्रतिशतसम्म थप गरी ऋण दिनेछ । व्यावसायिक सवारीमा भने ५ प्रतिशतसम्म थप हुनेछ ।

कामना सेवा विकास बैंक

हाउजिङ लोन आधार मूल्यमा ४ प्रतिशतसम्म  पाइन्छ । यसको आधार मूल्य ११.५९ प्रतिशतसम्म रहेको छ । बैंकले क्रमश आफ्नो आधार मूल्य घटाउँदै लगेको छ । यसको हायर पर्चेज कर्जा पनि आधार मूल्यमा ४ प्रतिशतसम्ममा पाइन्छ ।

मुक्तिनाथ विकास बैंक

यसको आधार मूल्य ११.२५ प्रतिशत छ । यसले घर कर्जामा १६.२५ प्रतिशतसम्मको ब्याजदर लिन्छ । हायर पर्चेजमा पनि यहि ब्याजदर कायम छ ।

कैलाश विकास बैंक

११.१ प्रतिशत आधार मूल्य रहेको कैलाश विकास बैंकमा १६ प्रतिशतमा घर कर्जा पाइन्छ । यसको अटो लोन व्यक्तिगत प्रयोजनको लागि १६ प्रतिशत र व्यावसायिक प्रयोजनका लागि १७ प्रतिशतमा पाइन्छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको आधार मूल्य ११.६ प्रतिशत छ । यस आधारमा यस बैंकबाट घरकर्जा लिदा १६.१ प्रतिशत ब्याजदर पर्न जान्छ  । हायर पर्चेज कर्जा भने १६.६ प्रतिशत पर्न जान्छ ।

गरिमा विकास बैंक

गरिमाको आधार मूल्य ११.५२ प्रतिशत छ । यसको घर र सवारी कर्जाको ब्याजदर आधार मूल्यमा ५ प्रतिशतसम्म थप हुनेछ ।

महालक्ष्मी विकास बैंक

११.२५ प्रतिशत आधार मूल्य रहेको महालक्ष्मी विकास बैंकको घर र सावरी कर्जा १५.२५ प्रतिशतसम्मको ब्याजदरमा पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप