बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा सडक सुरक्षा सुझाव समिति गठन

शुक्रबार, १० फागुन २०७५, १७ : २५
शुक्रबार, १० फागुन २०७५

बुटवल– ५ नम्बर प्रदेश सरकारले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिले सडकको सुरक्षाका विषयमा अध्यायन, अनुसन्धानसहितको सुझाव प्रतिवेदन बुझाउने छ । 

समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पुर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहनेछन् ।
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले समितिलाई दुई महिनामा सुझाव पेश गर्न निर्देशन दिएको जानकारी दिए ।  त्यस्तै मन्त्रिपरिषद् बैठकले दुईवटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्ताव संघीय सरकारसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४ जुम्ले कुलामा सार्ने प्रस्ताव आएको थियो । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ को बाबाकुटीमा सार्न गाउँपालिकाले प्रस्ताव गरेको थियो ।   मन्त्रिपरिषद्ले प्रदेश सांसद उत्तरकुमार वलीको शोक प्रस्ताव पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप