बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कार्यकर्तालाई नआत्तिन नरहरि आचार्यको निर्देशन

शुक्रबार, १० फागुन २०७५, १९ : ४४
शुक्रबार, १० फागुन २०७५

चितवन– नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालको हरेक परिवर्तनमा काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको जनताले महसुस गरेको बताउँदै उनले कार्यकर्तालाई समय आउने बताउँदै नआत्तिन आग्रह गरे ।

काङ्ग्रेस चितवनका कार्यवाहक सभापति भूपतिदास सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता आचार्यले स्थानीय तहको निर्वाचनदेखिनै काङ्ग्रेस चितवनलाई अन्याए भएको बताए । काङ्ग्रेसका जिल्ला नेता तथा कार्यकर्ताले केन्द्रीय नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप