बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट

शुक्रबार, १० फागुन २०७५, २० : ३५
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् । 

घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुक अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो ।

बम बिस्फोटबाट गेटमा  क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप