शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

शुक्रबार, १० फागुन २०७५, २१ : २६
शुक्रबार, १० फागुन २०७५

नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन् । 

उनीहरुले नामिबियाको कारागारमा जाम्बियाका १२० जना रहेको र ती मध्ये एक जना महिला रहेको पनि जानकारी दिएका छन् । कारागारमा रहेकामध्ये सवैभन्दा धेरै ४१ जना आक्रमणको मुद्दामा परेका हुन् । त्यसपछि धेरै १९ जना बलात्कारको मुद्दामा जेल परेका हुन् । 

नामिबियाको कारागारमा रहेका विदेशीहरूमध्ये दोस्रो धेरै ९१ जना अङ्गोलका रहेका छन् । उनीहरुमध्ये धेरैजसो आक्रमण सम्वन्धी र लागुऔषधसम्बन्धी अपराधमा कारागार चलान भएका हुन् । 

त्यस बाहेक जिम्बाब्बे, दक्षिण अफ्रिका, तान्जेनियालगायतका देशका नागरिक पनि नामिबियाको कारागारमा रहेको अधिकारीहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप