काँग्रेस मुख्यालयमा झडप
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।
विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ ।
निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।
यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रशर्दन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको हुन् ।
गत बिहिबार उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यहार गरेको संस्थापन पक्षको आरोप छ । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।
जसकारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।
साथै अरु दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...