शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते

आइतबार, १२ फागुन २०७५, १६ : ४५
आइतबार, १२ फागुन २०७५

बुटवल– आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको छ ।  

पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको  ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जना घाईते भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

९ जनाको अवस्था सामन्य रहेको र एक जना सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । उनका अनुसार बसमा २४ जना यात्रु सवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप