शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अरबौं वर्षसम्म डाटा सुरक्षित राख्न सकिने डिस्क

सोमबार, १३ फागुन २०७५, १० : १६
सोमबार, १३ फागुन २०७५

ब्रम्हाण्डको आयु कति होला ? अनुमान मात्रै गर्न सकिने कुरा हो । वैज्ञानिकहरुले अनुमान गरेअनुसार, ब्रम्हाण्डको आयु १३.७७२ अरब वर्ष भइसकेको छ । त्यसै गरी, सूर्यको आयु ४.६०३ वर्ष र पृथ्वीको आयु चाहिँ ४.५४३ अरब वर्ष पुगिसकेको छ ।

मानव जीवनको आयुको तुलनामा यो अति धेरै, सोच्नै नसक्ने समयावधि हो ।

अब कल्पना गर्नुहोस्, के यति धेरै समयावधिभरि वा अझ भनौं, त्योभन्दा पनि बढी समयसम्म रचनाहरु, सिर्जनाहरु, फोटाहरु, भिडियोहरु सुरक्षित गरेर राख्न सकिएला ?

अहँ, त्यो त सम्भव नै छैनन नि !  सामान्य ढंगले सोच्दा हामीलाई यस्तो लाग्न सक्छ ।

तर वेलायतको युनिभर्सिटी अफ साउथएम्पटनका अनुसन्धानकर्ताहरुले त्यो असम्भवलाई सम्भव हुन सक्ने विचित्रको डिस्क आविष्कार गरेका छन् ।

सिसाले बनेको, आकारमा सानो खालको त्यो डिस्कमा डाटाहरु लेजरको मद्दतले लेखिने गरिन्छ । पाँच आयामिक (five dimensional (5D)  डिजिटल डाटा नाम दिइएको यो प्रविधिको प्रयोग गरेर १३.८ अरब वर्षसम्म सुरक्षित हुने गरी डाटाहरुलाई संग्रहित गर्न सकिन्छ ।

त्यति मात्र कहाँ हो र ? त्यो एउटै डिस्कमा मात्रै ३६० टेराबाइट डाटाहरु पनि संग्रहित गर्न सकिन्छ । यो भनेको एउटा कम्प्युटरमा जडान गरिएको हार्डडिस्कको क्षमता १ टेराबाइट मान्ने हो भने ३६० वटा कम्प्युटर हार्डडिस्कमा संग्रहित गर्न सकिने डाटा बराबरको क्षमता हो ।

यो भनेको डाटा संग्रहको क्षेत्रमा अद्भुत आविष्कार हो । अहिलेका प्रविधिले एउटै डिस्कमा त्यति धेरै र त्यत्तिका लामो समयसम्म डाटा संग्रहित र सुरक्षित गर्नै सक्तैन ।
वैज्ञानिकहरुले त्यस्तो डिस्कमा मानवाधिकारको विश्वव्यापी घोषणापत्र, म्याग्नाकार्ट, राजा जेम्सको बाइबलहरु संग्रहित र सुरक्षित गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप