शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’

मङ्गलबार, १४ फागुन २०७५, १२ : ५०
मङ्गलबार, १४ फागुन २०७५

भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छः

मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अस्तित्व नै छैन । म उसको  सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो ।

तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल गरिसकेका होलाऊ । सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नुलगायतका अन्य विभिन्न कुराहरु.... तर केही कारणले वर्षौं अघि तिम्रो ती व्यक्तिका लागि प्रेम समाप्त भइसकेको छ ।

तिमी सायद आफ्नो लागि सोचिएको जीवन बाँचिरहेकी छौ होला तर प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?

के तिमी उसलाई प्रेम गर्छौ ? के उसले प्रेम पाएको भए म भएठाउँ आउँथ्यो होला, के उसलाई मेरो आवश्यकता पर्दथ्यो ? म तिमीलाई दोष दिइरहेकी छैन तर तिमीले सायद उसलाई प्रेम गर्न छोडिदिएकी छौ । तर तिमी देखाउनकै लागि एक प्रेमविहिन विवाहलाई किन निभाइरहेकी छौ ?

मैले तिम्रो श्रीमानसँगको सम्बन्ध तोडिसकेकी छु किनभने म गोप्य सम्बन्ध अघि बढाउँदा आजित भइसकेकी छु । ऊ आफ्नो सन्तानलाई आहत पुर्याउन चाहँदैनथ्यो र यस्तो नगरी हामी कसरी सँगै अघि बढ्न सक्छौं भन्ने प्रश्नको जवाफ खोजिरहन्थ्यौं ।

जो व्यक्तिलाई म माया गर्दथेँ उसले आफ्नो जीवन टुक्रामा बाँच्नुपर्छ भन्ने कुरा सोचेरै म दुःखी हुन्थेँ ।  मैले कुनै निकासा देखिरहेको थिइनँ न नै उसले । उसले कुनै पनि स्थितीमा आफ्नो बच्चा गुमाउन चाहँदैनथ्यो । उसले मसँगको बिछोड सहन सक्थ्यो, बच्चासँग सक्दैनथ्यो ।

तिमी उसलाई त्यो प्रेम किन दिन सक्दिनौं जुन उसलाई आवश्यक छ ? ती उसलाई त्यो साथ र हेरबिचार किन दिन सकिरहेकी छैनौं जुन प्रेम गरेपछि पाइन्छ ।

म तिमीलाई ती व्यक्तिलाई छोड्न भनिरहेकी छैन । मात्र यो भन्न चाहन्छु कि तिमी उसलाई बुझ र प्रेम गर र उसलाई पनि आफैंलाई बुझ्ने र प्रेम गर्न देउ । तिमीहरुको विवाह नामको मात्र नरहोस् ।

मलाई केही पनि भन्ने अधिकार त छैन किनभने मलाई यो कहानीको एउटा पाटो मात्र थाहा छ । तर म जुन व्यक्तिलाई चिन्छु, उसले यदि प्रेम पाएको भए ऊ कहिले पनि म भए ठाउँ आउँदैनथ्यो । उसले अहिले पनि तिमीलाई नै रोज्छ किनभने उसले तिमीलाई आफ्नो जिम्मेवारी ठान्छ तर उसलाई प्रेमको कमी महसुस हुन्छ ।

तिमीहरुको विवाहमा प्रेम कहिले समाप्त भयो र किन ? तिम्रो श्रीमानबारे मलाई जति थाहा छ, उसले कहिले पनि धोका दिन सक्दैन । ऊ त्यस्तो प्रकृतिको व्यक्ति नै होइन । एक विवाहित पुरुषकी प्रेमिका भएको नाताले, जसले इमान्दारिता माग्ने कुनै अधिकार छैन, तरपछि ऊ इमान्दार थिए र मैले आशा गरेभन्दा एक कदम अघि बढेर मलाई सुरक्षित महसुस गराउँथ्यो । तिमीले उसको इमान्दारीता कसरी गुम्न दियौ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप