बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको दोभान प्रदेश सरकारको दोस्रो ‘स्मार्ट’ कृषि गाउँ

मङ्गलबार, १४ फागुन २०७५, १७ : १५
मङ्गलबार, १४ फागुन २०७५

बुटवल– प्रदेश ५ का १२ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने सरकारको घोषणा अुनरुप पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत दोभानको झ्याङ्ला दोस्रो स्मार्ट गाउँ घोषणा गरिएको छ ।

प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पाँच स्मार्ट कृषि गाउँ घोषणा कार्यक्रमको उद्घाटन गरेको कार्यक्रममा  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक–एक वटा गाउंँलाई स्मार्ट कृषि गाउँंका रुपमा विकास गर्ने घोषणा गरी २६ करोड वजेट विनियोजन गरेको थियो ।

प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुले आफ्नो क्षेत्रभित्रका सबै गाउँपालिकासँग छलफल गरी बढी सम्भावना भएको एउटा गाउँ सिफारिस गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

स्मार्ट कृषि गाउँ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि गर्ने किसानलाई प्रोत्साहन हुने कार्यक्रम प्रदेश सरकारले ल्याएको भन्दै मन्त्री पौडेलले भूमिहीनलाई भूमिको मालिक बनाउने नीति पनि सकारले लिएको बताइन् । यसभन्दा पहिलो रुपन्देहीको देवदहलाई स्मार्ट कृषि गाउँको रुपमा घोषणा गरिएको छ ।  सो गाउँलाई मुख्यमन्त्री शंकर पोखरले स्मार्ट कृषि गाउँको रुपमा उद्घाटन गरेका थिए ।

छनोटमा परेका प्रत्येक स्मार्ट कृषि गाउँले सिञ्चाई, मल, बिउ,प्राविधिक सहयोग,उत्पादनको बजारीकरणमा खर्च गर्ने गरी ५० लाख रुपैयाँका दरले वजेट पाउँछन्  । कूल लागतमा २० प्रतिशत स्थानीय तह वा अनुदानग्राहीले लगानी गर्नुपर्ने हुन्छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लगातार चार वर्षसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप