शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो

बिहीबार, १६ फागुन २०७५, २० : २२
बिहीबार, १६ फागुन २०७५

धनगढी । काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । 

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष) मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले राससलाई जानकारी दिए । 

एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ । 

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बम लगायतको चिकित्सकको टोली उनको उपचारमा संलग्न थियो । 

बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उनलाई लगिएकामा सोही राति थप उपचारका लागि काठमाडौँ लगिएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप