बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शाकाहारको प्रचार गर्ने कम्पनीका मालिकले अण्डा खाँदा जागिर छोड्न दबाब

शुक्रबार, १७ फागुन २०७५, १२ : ०२
शुक्रबार, १७ फागुन २०७५

शाकाहारको प्रचार गर्ने एक कम्पनीका मालिक टिम शिफ (३०) लाई जागिर छोड्न दबाब दिइएको छ । टिम युट्युबमा शाकाहारको प्रचार गर्ने भिडियो पोष्ट गर्छन् । उनले तीन वर्ष अघि शाकाहार आधारित एक क्लोदिङ कम्पनी इटीएचसीएसको स्थापना गरेका थिए । टिमले एउटा भिडियो पोष्ट गर्दै आफूले काँचो अण्डा र साल्मन माछा खाएको जानकारी दिएका छन् ।

भिडियोमा मांसाहारको कुरा स्विकारेः

टिमले एक भिडियोमा उनले स्वास्थ्यलाई राम्रो बनाउनका लागि शाकाहार बन्द गरेको जानकारी दिए । टिम फ्रि रनिङका विश्व बिजेता पनि हुन् । उनी ३५ दिनको वाटर फास्ट (पानी मात्र खाएर गरिने ब्रत) मा पनि बसिसकेका छन् । यतिमात्र होइन टिम डिस्टिल्ड वाटर मात्रै पिउँछन् । शिफले आफूले खानामा साल्मन मिसाएको जानकारी दिए ।

टिमले तीन वर्षअघि कम्पनी स्थापित गरेका थिए । टिमले आफू मांसाहारी भएको जानकारी दिएपछि उनको कम्पनीले माफी मागेको छ । शिफ ६ वर्षअघि शाकाहारी भएका थिए र युट्युबमा उनको च्यानलका १ लाख ८० हजार सब्सक्राइबर्स छन् । यो च्यानलमा उनी शाकाहार, ब्रत र मूत्रपानको प्रचार गर्छन् । टिमले आफू दुई वर्ष अघि स्वमूत्रपान गरिरहेको दाबी गरेका छन् ।

टिमको मांसाहारी बयानमा कम्पनीले भन्यो, ‘उनले लामो समयदेखि शाकाहारको प्रचार गरिरहे । यसले थुप्रैलाई प्रोत्साहन पनि गर्यो । तर उनको परिवर्तित जीवनशैलीका कारण हामी उनलाई सँगै राख्न सक्दैनौं । हामी सबै धेरै वर्षदेखि शाकाहारी छौं र यसको प्रचार गरिरहेका छौं । एक नैतिक जीवनशैली अपनाउने विषय हाम्रो लागि निकै महत्व हो । यस्तोमा टिमले कम्पनी छोड्नु नै राम्रो हुन्छ ।’

यता टिमले पनि कम्पनी छोड्ने निर्णय गरेका छन् ।

टिमले पहिले शाकाहारी हुनु निकै साहसी काम भएको बताएका थिए । उनले डेली मेलसँगको कुराकानीमा भने, ‘म शाकाहारको ठूलो पारखी हुँ त्यसकारण नै मैले यो कम्पनीको स्थापना गरेको थिएँ । तर मैले आफ्नो शरिरको कुरा सुनेँ । उसले मलाई दोस्रो बाटो रोज्न सल्लाह दियो । अब मेरो विश्वास अर्कै कुरामा छ । मेरा जुन साथीहरुले कम्पनी बनाउन मलाई मद्दत गरे, उनीहरु आज पनि शाकाहारी नै छन् । मेरो निर्णयले उनीहरु पनि चकित होलान् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप