शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म कृष्ण भगवानको भक्त हुँ, भजन पनि गाउँछु : अभिनेता अनमोल

शुक्रबार, १७ फागुन २०७५, १५ : २२
शुक्रबार, १७ फागुन २०७५

पछिल्लो समयका सबैभन्दा चर्चित अभिनेता हुन् अनमोल केसी । उनको पछाडि फिल्म बनाउने निर्माता निर्देशकको लाइन लाग्ने गर्दछ । तर उनी भने वर्षमा एक वा दुई फिल्म मात्र छानेर गर्ने गरेका छन् ।

सायद, त्यसैले पनि होला उनको फिल्म आउने बेला दर्शकमा बेग्लै खालको उमङ्ग देख्न सकिन्छ । युवापुस्ताले सर्वाधिक रुचाएका अभिनेता अनमोल अभिनित नयाँ फिल्म ‘क्याप्टेन’ आजबाट शुक्रबारबाट प्रदर्शनमा आएको छ । भुवन केसीको निर्माण तथा दिवाकर भट्टराई निर्देशित यो फिल्ममा उनले फुटबल खेलाडीको भुमिका निर्वाह गरेका छन् ।

एक फुटबलरको जीवन संघर्ष देखाइएको फिल्म आफ्ना लागि बिषेश रहेको अनमोलले बताए । फिल्ममा उनले दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् । यी नै अभिनेता अनमोलसँग रातोपाटीको दश प्रश्नः

‘क्याप्टेन’ चलचित्रबाट कस्तो आशा गर्नुभएको छ ?

– यो फिल्मको विषयवस्तु राम्रो छ । फुटबल खेलाडीको संघर्ष र रोमान्सको कथा फिल्मले उठाएको छ । फुटबल खेलाडीको रियालटीसँग नजिक रहेर ‘क्याप्टेन’ निर्माण गरिएको भएकोले दर्शकको साथ राम्रो रहने विश्वास छ । मेरो पहिलेका फिल्मले गरेको भन्दामाथि व्यवसाय गर्न सफल हुनेछ ।

फुटबल खेललाई कसरी हेर्नुहुन्छ ?

फुटबल सबैभन्दा धेरै क्रेज भएको खेल हो । एउटा फुटबल खेलाडीले पाउने सम्मान अरु कसैले पनि पाउन सक्दैन । फुटबल खेल्न धेरै परिश्रम पनि गर्नुपर्दाे रहेछ । खेलेको त थिइन । तर फुटबलको म पहिले देखिनै क्रेजी थिए ।

किन बन्यो ‘क्याप्टेन’ ?

– फुटबलका धेरै फ्यान छन् । हामीले सोचे जस्तो अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको विकास हुन सकिरहेको छैन । फुटबलको विकाश हुनपर्छ भनेर सपोट गर्न र फुटबल प्रति क्रेज बढाउन ‘क्याप्टेन’ तयार गरिएको हो । हाम्रो खेलाडीले उपाधि जितोस् भन्ने मात्र हैन । जित्नका लागि के–के आवश्यक रहेछ भन्ने समेत ‘क्याप्टेन’ले फिल्ममा प्रस्तुत गरेको छ । ‘क्याप्टेन’ले खेलाडीलाई उर्जा दिन्छ ।

फुटबल खेलाडी कतिको रोमान्टिक हुँदो रहेछन् ?

खेलाडी पनि मानिस नै हो । सबै मानिसको लभ र रोमान्स चाँहिन्छ । फुटबलर झन् रोमान्टिक हुँदो रहेछन् । त्यसैले त हाम्रो फिल्ममा मसँग दुई नायिका छन् ।

फेसनबारे तपाईंको भनाई ?

फेसनमा मेरो रुची पटक्कै छैन । तर हिरो भएर कस्तो फेसन गरेको भनेर अरुले भन्ने डरले सुहाउँदो लुगा लगाउने गरेको छु । फेसन फलो गर्दिन । सजिलो पहिरन प्रयोग गर्छु । फेसनमा मेरो भन्दा धेरै रुचि बुबाको छ ।

फिटनेशमा कतिको ध्यान दिनुहुन्छ ?

– म एउटा खाली कागज हुँ । फिल्मका लागि निर्देशकको जे माग छ । म आफुलाई त्यसमा ढाल्छु । त्यसैले जिम जाने बढी बनाएर बस्ने कहिलै गर्दिन ।

तपाईं कस्तो केटा ?

– म अरु जस्तै सामान्य केटा नै हुँ । मैले खाने पनि दालभात नै हो । केही अल्छी पनि छु । अभिनयका लागि गर्नुपर्ने क्यारेक्टरमा मात्र मिहिनेत गर्छु ।

फुर्सदको समय ?

धेरै भन्दा धेरै फिल्म हेर्छु । पछिल्लो समय नेपाली भाषाका  पुस्तकहरु अध्यायन गरिरहेको छु । म कृष्ण भगवानको भक्त हुँ । उनको भजन गाउँछु । मन्दिरहरु जान्छु ।

कुन अभिनेत्रीसँग काम गर्ने इच्छा छ ?

नम्रता श्रेष्ठसँग फिल्ममा काम गर्न मन लागेको छ । निरुता सिंहसँग पनि काम गर्ने रहर थियो । त्यो क्याप्टेनले पुरा गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप