शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यदि तेस्रो विश्वयुद्ध भए, के चीनले यी ८ हतियार प्रयोग गर्ला ?

मङ्गलबार, १७ साउन २०७४, १३ : २९
मङ्गलबार, १७ साउन २०७४

साउथ चाइना सीमा चीन र अमेरिकाबिच लगातार विवाद भइरहेको छ । उत्तर कोरियाको लगातार परमाणु परिक्षणले पनि अमेरिका र उत्तर कोरियाबिचको स्थिती तनावपूर्ण छ । यसलाई तेस्रो विश्वयुद्धको संकेतको रुपमा हेरिएको छ । यस्तोमा यदि तेस्रो विश्वयुद्ध भए यसले भयानक क्षती ल्याउने अनुमान गरिएको छ किनभने पहिलो र दोस्रो विश्वयुद्धपछि अब थुप्रै देश हतियारको मामलामा शक्तिशाली भइसकेका छन् । यसै क्रममा यदि चीनको कुरा गर्ने हो भने चीनले अर्थव्यवस्थासँग आफ्नो सैन्य क्षमतामा पनि तीब्र रुपमा वृद्धि गरेको छ । चर्चित उपन्यासकार अगस्ट कोलले आफ्नो ‘घोस्ट फ्लिटः ए नोभल अफ अ नेक्स्ट वार’ मा चीनको आधुनिक हतियारको कुरा गर्दै तेस्रो विश्वयुद्धमा प्रयोग गरिने आशंका व्यक्त गरेको छ ।

जियाओलंग (फ्लड ड्रेगन):

यो चीनको सबैभन्दा सानो तर खतरनाक पनडुब्बीमध्येको एक हो । यसलाई ‘फ्लड ड्रेगन’ पनि भनिन्छ । यसमा तीन व्यक्ति मज्जाले अटाउँछन् र समून्द्रमा ७ हजार ५ सय मिटरसम्मको गहिराईमा जान सक्छन् । साधारणतया ठूला पनडुब्बी समुन्द्रको यति गहिराइसम्म जान सक्दैन । त्यसकारण यसबारे पत्ता लगाउन अन्य पनडुब्बीका लागि सजिलो छैन जबकी दुश्मनको कुनै पनि पनडुब्बीको निकै सजिलै जानकारी हाँसिल गर्नसक्छ । तलबाट हमला गरेर माथि भएका पनडुब्बीलाई नोक्सान पुर्याउन सक्ने गरी यसको डिजाइन गरिएको छ ।

डोंगफेंग–४१ः

यो चीनको इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसाइल हो । यो १२ हजार देखि १५ हजार किलोमिटरको रेन्जमा निकै तगडा हमला गर्नसक्छ । यो संसारको पहिलो मिसाइल हो जसले सबैभन्दा टाढासम्म क्षती पुर्याउने क्षमता राख्छ । यसको गती ३० हजार ६ सय ६२ किलोमिटर प्रतिघण्टा हो । यसको तौल ८० हजार किलोग्राम छ ।

एच–सिक्सको स्ट्रेटेजिक फाइटर जेट्सः

यो फाइटर जेट चीनको एयरफोर्सलाई सबैभन्दा बलियो बनाउँछ । यसमा अमेरिकी क्यारियर युद्ध समूह र एशियामा मुख्य निशानामा हमला गर्ने क्षमता रहेको छ । यसले परमाणु हमला पनि गर्नसक्छ । चीनसँग चौथो पीढिको आधुनिक लडाकू विमानको संख्या ७ सय ४७ भन्दा धेरै छ । यसका साथै यसलाई थप आधुनिक बनाइँदै छ र यसको संख्यामा पनि बढोत्तरी गरिँदै छ ।

डीएफ–४१ दोंगफेंगः

यो एक ब्यालेष्टिक मिसाइल हो । यो मिसाइलमा लगाइएको १०–१२ बम निशाना नजिकै पुगेर अलग हुने गर्दछन् र भिन्न दिशामा तय गरिएको निशानामा हमला गर्दछन् । मिडिया रिपोर्टका अनसार डीएफ–४१ को हमलाको क्षमता १० देखि १४ हजार किलोमिटर बताइन्छ ।

जेडटीएल–०९ ट्याङ्कः

जमिनी लडाईंमा १०५–एमएम तोपयुक्त वाहन दुई किलोमिटरभन्दा धेरै दुरीमा सशस्त्र निशानामा अचूक हमला गर्नसक्छ । यसलाई चीनमा नै विकसित गरिएको हो । यस्तै, जेडबीडी–०४ ट्याङ्क युद्ध क्षेत्रमा सेनालाई सुरक्षित मद्दत र यातायात पुर्याउने उद्देश्यसहित बनाइएको छ ।

एच–२०० रडारः

चीनको एयरोस्पेस साइन्स एण्ड इन्डष्ट्रि कोरको रिपोर्ट अनुसार एच–२०० रडारले दुश्मनको गतिविधिको हाई रिजोलुशन तस्बिर खिच्न सक्छन् । यसको सहयोगले लामो दुरीको सटिक हमला र हवाई हमला पनि गर्न सकिन्छ ।

जेड–१० हेलिकोप्टरः

यो दुई इन्जिन भएको फाइटर हेलिकोप्टर हो । यसको गति ४ सय २० किलोमिटर प्रतिघण्टा छ र यसले ६ सय १० किलोमिटरसम्म हमला गर्नसक्छ । यो अमेरिकी नौसेनाका लागि पहिले नै विकसित गरिएको सुपर कोबरा हेलिकोप्टरको मोडलमा आधारित छ । यो हेलिकोप्टरलाई बनाउने कम्पनी यसलाई संसारको सबैभन्दा अत्याधुनिक हेलिकोप्टर बताउँछन् ।

०५२ सी गाइडेड मिसाइल डिस्ट्रोयर १७१ः

यो गाइडेड मिसाइल डिस्ट्रोइर दस हजार टनको छ । चीनियाँ मिडियाका अनुसार यो पोत चीनको नौसेनाका लागि निकै महत्वपूर्ण साबित हुनेछ । यसमा जमिनबाट हावामा हमला गर्न सक्ने, क्रुज मिसाइल, एन्टी शिप क्रुज मिसाइल, एन्टी सबमरिन मिसाइल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप