शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालयको सामान चोर्ने २ जना प्रहरी फन्दामा

शुक्रबार, १७ फागुन २०७५, १८ : ४०
शुक्रबार, १७ फागुन २०७५

बारा । प्रहरीले विद्यालयको सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारास्थित कोल्हवि घर भएका सुर्या भनने गोविन्द चौधरी र सोही स्थानका सुदिप चौधरी रहेका छन् । 

उनीहरुले फागुन १३ गते राती कोल्हवि नगरपालिका–१ स्थित रहेको श्री अनुप दिपनी उ.मा.वि.को पुस्तकालयभित्र रहेको कम्युटर, ल्यापटप, बुफर र आईडी कार्ड चोरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । 

चोरी भएको सूचना पाउने बित्तिकै खटिएको प्रहरी टोलीले फागुन १६ गते शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेसँगै तत्काल निजहरुको घरकोठा खानतलासी गर्दा उक्त चोरी भएको सामानहरु बरामद गरिएको डिएसपी राठौरले बताए । 

यस्तै उनीहरुको साथबाट मोबाईल २ थान तथा हार्डवेयरका मालसमान र पसलहरू फुटाउन प्रयोग गरिने फलामको रड समेत बरमद गरिएको उनलmे बताए । 

पक्राउ परेका उनीहरुलाई चोरी कसुरमाबारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप