केन्द्रीय संस्करण

लघुकथा : प्रकृतिको डेरा

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline0

–इन्द्रकुमार श्रेष्ठ सरित

रामु वैदेशिक रोजगारीमा जाने पक्कापक्की भएपछि प्रकृतिको आँखाबाट आँसु रोकिएको थिएन । धेरै पटक रामुलाई उनले सोधिसकेकी छिन्– ‘बाबा, विदेश नै जानुपर्छ १ नेपालमै बसेर केही गर्न सकिन्न ?’
छोराछोरीको उज्ज्वल भविष्यका लागि पनि आफूले केही वर्ष दुःख गर्नैपर्ने बाध्यता रहेको बताउँदै रामु भन्छ– ‘मुनाजस्ता छोराछोरी र तिमीलाई छाडेर मलाई पनि विदेश जाने मन छैन । तर परिवारको सुख र खुशीका लागि मेरो सामु अर्को विकल्प छैन । त्यसैले तिमीले घर र सन्तानको राम्रो हेरविचार गर्नु ।

आफन्त र साथीभाइहरूसँगको भेटघाटमा एक हप्ता मिलिक्कै बित्यो । भोलि राति एघार बजेको फ्लाइट छ उसको । रामुलाई अँगालो हालेर डाको छाडेर रून थालिन् प्रकृति– ‘बाबा, हजुरबिनाको पहाजस्तो तीन वर्ष, मैले कसरी बिताउने होला ?’
श्रीमतीको मायामा रामु पनि रातभरि पग्लिरह्यो । आफूलाई यस्तो माया गर्ने श्रीमती पाएकोमा उसले आफूलाई भाग्यमानी ठानिरह्यो ।

भोलिपल्ट रामुलाई बिदाइ गरेर एअरपोर्ट बाहिर निस्केपछि अरूबाट अलि छेऊ लागेर प्रकृतिले फोन गरिन्न, ‘हेलो लच्छु, कहाँ छौ भेट्ने हैन ? काँ बाइर भेटिरहने र यार  ? अब त तीन वर्ष घरमै भेट्ने हो । मस्ती नभाको जिन्दगी के जिन्दगी ? दुई चार दिनलाई हैन अब तीन वर्षका लागि डेरा यतै सारन  । हुन्न र ?’

फोन समाप्तिपछि पनि प्रकृतिको मधुरो तर अर्थपूर्ण हाँसो गुन्जिरहेको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ