आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै
बलेवा – धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन ।
धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आउनुभएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ ।
छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आउनुभएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।
‘‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’’ मृतका दाजु बलहादुर विकले भने, “नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।” भाइको मृत्यु खबर पाएलगत्तै गाडीभाडासमेत ऋण खोजेर बागलुङ बजार आउनुभएका विकले सबैसँग सहयोगका लागि अपिल गर्नुभएको छ । “ भाइको मृत शरीरले समेत सुःख पाएन ” विकले थपे, “घाटमा पु¥याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।”
परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताए ।
छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् । स्थानीय पत्रकार सज्जनकुमार सिंहले भने, “पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन