बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक बस्दै, अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने

आइतबार, १९ फागुन २०७५, ०८ : २२
आइतबार, १९ फागुन २०७५

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।

बिहान ८ बजे नेकपाको सचिवालय बैठक बसेपछि अधिकारीको पार्थिव शरीर केन्द्रिय कार्यालयमा राखिनेछ । 

अधिकारीको शनिबार राति ९ः३५ बजे ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको थियो । 

नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै उनको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखिने जनाएको छ । श्रद्धाञ्जलीपश्चात पार्टी कार्यालयबाट शव यात्रासहित पशुपती आर्यघाट लगिने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप