बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी एस१० बजारमा, यस्ता छन् विशेषता

आइतबार, १९ फागुन २०७५, १२ : ३७
आइतबार, १९ फागुन २०७५

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१०स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई यस फोनले समेट्ने छ । क्यामरा, डिस्प्ले तथा कर्याक्षमताका कारण सामसङले बजारमा आफ्नो बलियो छाप छाड्स सफल भएको छ ।

एक दशकभन्दा लामो अनुसन्धानबाट विकास भएको यस मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल फोनको कार्यक्षमता प्रदर्शन गरेको छ । ग्यालेक्सी एस१० हरेक दृष्टिबाट उत्कृष्ट छ– यसको डिस्प्ले, क्यामरा, कार्यक्षमता– सबै उत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

नयाँ डाइनामीक एएमओएलईडी डिस्प्ले, न्यू जेनेरेशन क्यामेरा चुस्त कार्यक्षमता आदिले ग्राहकहरुलाई वास्तवमै स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस१० स्थापित भएको छ । 

“१० वर्ष अघि सामसङले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत ग¥यो त्यस पछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न सफल भयो” सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । ग्यालेक्सी एस१०ले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्नुुका साथै यसका चार प्रकारमा मोडलहरुले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन्”।

विश्वकै पहिलो एचडीआर१०ं प्रमाणित डाइनामिक एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ । यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरहरुले तस्वीरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ ।

ग्यालेक्सी एस१०को डाइनामिक एएमओएलईडी डिस्प्ले भिडीई प्रमाणित भएको कम्पनीले बताएको छ । डिस्प्ले मेटद्वारा प्रमाणित भएको हुँदा यसले वास्तविक रंगदेखाउछ भने यसले नीलो रंगलाई घटाई आँखालाई हेर्न अझ धेरै सहजता प्रदान गर्दछ । 

ग्यालेक्सी एस१०ले नयाँ जमानाको वाईफाई६सँग आवद्ध गराउँदछ, भीडभाड हुने स्थानहरु जस्तै एयरपोर्ट आदिमा यो ४ गुणा छिटो हुन्छ । गेमको लागि एआईमा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ । 
ग्यालेक्सी एस१० प्रिज्म ह्वाईट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्ल्यू गरी ३ रंगमा उपलब्ध हुनेछ । 

यो फोन प्रिअडर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स निःशुल्क रुपमा पाउनु सक्नेछन् । प्रि अडर यही मार्च १ देखि मार्च १४ तारिख सम्म गर्न सकिने छ । प्रिअडर गर्ने ग्राहकहरुले यी उपहार प्राप्त गर्न सक्नेछन् ।
–१४,५०० वरावरको सामसङ ग्यालेक्सी बड्स

–एक वर्ष सम्म ब्रेकेज बीमा

–टर्किस एयरलाइन्सको विजिनेश क्लासको हवाई टिकटमा अधिकतम १५ प्रतिशत छुट र इकोनोमी क्लासमा अधिकतम १० प्रतिशत छुट

–एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा १० प्रतिशत छुट

–लेट मी ईन्को सम्पूर्ण प्रकारका फेसियल ट्रिटमेन्टमा अधिकतम २० प्रतिशत छुट

–वयोधा अस्पतालको १०,००० को फुल बडी चेकअप मा १५ प्रतिशत छुट

– केजीएच ग्रुपको केजीएच प्रपर्टिजहरुमा एक जोडीलाई ५,००० को विशेष व्यवस्था । 

साथै यो मोबाइल खरिद गर्न देशका विभिन्न ९ बैंकहरु ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एन एम बि बैंक माछापुच्छ«े बैंक तथा हुलास इन्भेष्टमेन्टबाट मासिक किस्तावन्दीका साथै सहज फाइनान्सको व्यवस्था पनि मिलाएको कम्पनीले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप