शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु

आइतबार, १९ फागुन २०७५, १३ : ४५
आइतबार, १९ फागुन २०७५

मार्तडी– बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर तारमा छोएकीले करेन्ट लागेर मृत्यु भएको उनले बताए ।  मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ । मिल मृतक किशोरीको बुबाले सञ्चालन गर्दै आएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप