बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युकेद्वारा शर्मा र यादवसँग अन्तरक्रिया आयोजना

आइतबार, १९ फागुन २०७५, १७ : ११
आइतबार, १९ फागुन २०७५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पूर्वमन्त्री तथा  राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पूर्वउपसभामुख चित्रलेखा यादवसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो ।

अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ बजेदेखि सुरु हुने सो कार्यक्रममा उपस्थित हुन वेलायतस्थित नेपाली समुदायतलाई गैरआवासीय नेपाली संघ युकेले आग्रह गरेको छ ।

शर्मा र यादव लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि वेलायत आएका हुनु । 

शर्मा आगामी बुधवार साँझ नेपाल फर्किने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदारमण नेपाल
शारदारमण नेपाल
लेखकबाट थप