शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो देशमा छैनन् एकजना पनि अपराधी, खाली छन् जेल

सोमबार, २० फागुन २०७५, १३ : ११
सोमबार, २० फागुन २०७५

संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन् । यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस्  । यति पढिसक्दा पनि तपाईंलाई विश्वास लागिरहेको छैन होला तर धर्तीमा एउटा यस्तो पनि देश छ जहाँका जेल खाली छन् ।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।

अचम्मको कुरा के छ भने नेदरल्याण्डसँग जेलमा राख्नका लागि कोही अपराधी नै छैनन् । सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । सन् २०१८ सम्म यो देशमा कुनै अपराधी बचेका थिएनन् ।

नेदरल्याण्डको जेल बन्द हुँदा दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु बेरोजगार हुनेछन्  ।

नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग दुई हजार मानिसहरुले जागिर गुमाउनेछन् । जसमा सात सयलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा ट्रान्सफर गरिनेछ ।

यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

त्यहाँ खाली जेलको मुद्दा यस्तो बिन्दुमा पुगेको थियो कि नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी मगाउनु परेको थियो ।

त्यहाँ कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो ।

यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो । यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर जान्थे तब यसबारे पुलिसले सूचना पाउँथे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप