शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विमानमा मोटो यात्रीलाई आफ्नो सिटको केही भाग दिएको भन्दै १७ हजार रुपैयाँ असुल

मङ्गलबार, २१ फागुन २०७५, ०९ : ३८
मङ्गलबार, २१ फागुन २०७५

विमानमा एक यात्रीले अर्को यात्रीलाई बढी ठाउँ छोडिदिएको भन्दै एक सय ५० डलर (लगभग १७ हजार) लिएका छन् । यसको सोसल मिडियामा निकै चर्चा भइरहेको छ । जुन यात्रीले पैसा दिए उनले आफू कहाँ जाँदै थिए भन्ने जानकारी दिएनन् । दुई यात्रीको नाम पनि सार्वजनिक गरिएको छैन ।

पाँच घण्टाको उडान थियोः

यात्रीले यसबारे अनलाइन डिस्कशन फोरम रेडिटमा यसबारे जानकारी दिएका थिए । उनले भने, ‘मैले सहुलियत पाउनका लागि छेउको सिट छानेको थिएँ । एकजना निकै मोटा व्यक्ति म छेउ बसेका थिए । उनी मेरो एक तिहाई सिटमा सुत्नेछन् भन्ने मलाई लाग्यो । यसो भए त म मूर्ख साबित हुन्छु भन्ने पनि लाग्यो ।’

ती यात्रीले रेडिटमा भने, ‘मैले जब यो स्थितीमा ती मोटा व्यक्तिसँग कुरा गरेँ तब उनले मलाई मेरो थोरै सिट दिन आग्रह गरे । उनले मलाई यसका लागि कुनै मद्दत गरेनन् । त्यसपछि मैले एयर होस्टेससँग यसबारे कुराकानी गरेँ ।

‘एयर होस्टेसले ती मोटा व्यक्तिले चाहेको खण्डमा अर्को सिट खरिद गर्न सक्ने बताइन् तर विमानमा कुनै खाली सिट नभएको पत्ता लाग्यो । यदि उनी चाहन्छन् भने अर्को विमानमा जान सक्ने पनि विकल्प दिइन्,’ उनले भने ।

यात्रीले भने, ‘मलाई ती व्यक्तिमाथि दया लाग्यो । लाग्यो कि लामो यात्राका बेला सहज हुनु अत्यावश्यक कुरा हो र यसका लागि मैले पनि पैसा तिरेको छु ।’

उनका अनुसार त्यसपछि उनले ती मोटो व्यक्तिलाई अफर गरे, ‘म तिम्रो लागि केही गर्नसक्छु, यदि तिमीले मलाई एक सय ५० डलर दिनुभयो भने । म आफ्नो सिटको केही भाग तिमिलाई दिनेछु । यो विमानको भाडाको आधा हो तर यो स्थितीमा यति पनि मेरो लागि काफी हुन्छ । ’

उनका अनुसार ती मोटो व्यक्तिलाई अफर मनपर्यो र तुरुन्त पैसा दिए ।

यात्रीका अनुसार ती व्यक्तिले उनलाई निकै धन्यवाद पनि दिए । यद्यपी, सोसल मिडियामा उनको कदमको सकारात्मक र नकारात्मक दुबै टिप्पणी आइरहेका छन् । कतिले पैसा लिनु अनैतिक बताए भने कतिले यसलाई सही पनि बताएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘एक व्यक्तिले अर्को व्यक्तिको तौलको अपमान गरे ।’

कतिले दुई व्यक्तिबीच सहमती भएको छ भने यसमा के गल्ती भयो भनेर टिप्पणी पनि गरे ।

कतिले सानो सिट बनाएको भन्दै एयरलाइन्सलाई नै जिम्मेवार बताए । कतिले मोटो व्यक्तिले पहिले नै याद राख्नुपर्दथ्यो पनि भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप