शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फरार अपराधी १३ वर्षपछि पक्राउ

बुधबार, २२ फागुन २०७५, १३ : ०८
बुधबार, २२ फागुन २०७५

दुल्लु– कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ । 

सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १८ गते हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले फरार सिंहलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरलले जानकारी दिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप