केन्द्रीय संस्करण
फोटोफिचर

वाह ! क्या सुन्दर हेलम्बु (फोटोफिचर)

person explore access_timeफागुन २३, २०७५ chat_bubble_outline1
शम्भु दंगाल

रातोपाटी

सिन्धुपाल्चोकको हेलम्बु रमणीय पर्यटकीय गन्तव्य हो । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा  रहेको हेलम्बु तिब्बतसँग जोडिएको छ ।

हेल्मो*हरुको बसोबास रहेको यहाँ चिसो हावापानी पाइन्छ भने नजिकैबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । शेर्पा संस्कृति, अनगिन्ति बौद्ध स्तुपा तथा गुम्बाहरु रहेको यो क्षेत्र धार्मिक हिसावले पनि महत्वपूर्ण रहेको छ ।

२०७२ सालको भूकम्पअघि उल्लेख्य मात्रामा ट्रेकिङका लागि पर्यटकहरु जाने हेलम्बुमा अहिले भने केही कमी आएको छ । हेलम्बुको तिम्बु, शेर्माथान, ह्याङलुङ्ग, तार्केघ्याङ, मेलम्चीघ्याङ पर्यटकीय आकर्षण बोकेका स्थान हुन् ।

पछिल्लो समय विस्तारै पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।

हेलम्बु जानका लागि दुई विकल्पहरु रहेका छन् । एउटा काठमाडौँबाट मेलम्ची हुँदै सिधै बसमा जान सकिन्छ भने अर्को सुन्दरीजलबाट ट्रेकिङ रुटबाट पैदल जान सकिन्छ । सुन्दरीजलबाट थारेपाटी, गोसाईकुण्ड हुँदै हेलम्बुसम्म ३ दिनको ट्रेकिङ रुट रहेको छ ।

सफा गाँउघर, आग्रानिक खानेकुरा, शेर्पाहरुको न्यानो आतिथ्य सत्कार, हिमाल तथा पहाडि भूभागको सुन्दर मनोरम दृश्य हेलम्बुका विशेषता हुन् ।  पहिले–पहिले अत्याधिक रुपमा स्याउ फल्ने गरेको यहाँ पछिल्लो समय स्याउ फल्न छोडेको छ भने स्थानीयहरुले किवी खेती थालेका छन । भूकम्पले अधिकांश घरहरु ध्वस्त बनाएपनि पुनर्निर्माणको काम पनि तीब्र गतिमा हुँदैछ । बिस्तारै हेलम्बु पहिलेकै अवस्थामा फर्किदैछ ।

*सच्याइएको

हेर्नुहोस केही तस्विरहरु :

 

कमेन्ट

  1. March 7, 2019, 2:27 p.m. Dawa
    Dear reporter Thank you for the research and posting the article about hyolmo. Helambu is recided by purely hyolmo group not sherpas. Kindly arrange your acknowledgments regarding the mistake in the near future in your post. Sherpas and hyolmo are totally different ethnic groups. Thank you.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ