शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’ भन्नेलाई श्रीमतीको जवाफ

बिहीबार, २३ फागुन २०७५, १० : ५३
बिहीबार, २३ फागुन २०७५

सम्बन्ध निकै नाजुक हुन्छ । एकपटक सम्बन्ध टुट्यो भने त्यसलाई पहिलेकै अवस्थामा फर्काउन निकै गाह्रो हुन्छ । सम्बन्ध टुट्दा सबैभन्दा दुःख लाग्छ तर त्यो फिर्ता पाउँदा सबैभन्दा कम खुसी लाग्छ ।

पढ्नुहोस्, एक यस्तै विवाहित महिलाको कहानी जसका श्रीमानको कुनै अन्य महिलासँग प्रेम छ तर महिलालाई न त आफ्ना श्रीमानसँग रिस छ न नै उसकी प्रेमिकासँग । ‘द गार्जियन’ मा छापिएको महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई लेखेको चिट्ठी यस्तो छः

प्रेमीकी श्रीमतीले तिमीलाई चिट्ठी पठाएको भन्दा नौलो नलाग्ला । यो स्पष्ट छ कि तिम्रो संसारमा मेरो कुनै अस्तित्व छैन विशेषगरी अहिलेका लागि त पक्कै छैन । तिमीलाई थाहै होला कि कसैले उसको छोरोलाई जन्म दिएको छ  । तिम्रो हिसाबले त सायद म मरिसकेकी छु ।

म मरेकी छैन । हामी सँगै बस्छौं, केही समयका लागि मात्रै भएपनि । हामी अहिले पनि एउटै बेडमा सुत्छौं (यद्यपी, तिम्रो बारेमा थाहा पाएपछि अवस्था फेरिएको छ )

म उसलाई नयाँ फोन चलाउन मद्दत गरिरहेकी थिएँ (उसलाई प्रविधीबारे खासै ज्ञान छैन) त्यतिबेला तिम्रो इमोजी र किससहितको मेसेज पप अप भयो । तिम्रो मोबाइल नम्बरमार्फत् तिम्रो सोसल मिडिया प्रोफाइल पाउन निकै सजिलो भयो । इलेक्टोरल रोलमार्फत् तिम्रो ठेगाना पाएँ । तिमी तिम्रो आमाबुवासँग बस्छौ, उसको अफिसबाट लगभग दुई माइल पर । मैले त्यसअघि कहिले पनि उसको फोनको खोजतलास गर्दिनथेँ । यसो गर्नुपर्ने कारण पनि देख्दिनथेँ । तिमीहरु दुईजनाबीचको कुराकानी लुकेर हेर्दा म अहिले पनि आफूलाई अपराधी महसुस गर्छु ।

मलाई तिमीसँग कुनै रिस छैन । तिमी निकै जवान र राम्री देखिन्छौ । म आफ्ना श्रीमानसँग पनि रिसाएकी छैन । ऊ निकै बिरामी छ ।

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’

थुप्रै वर्षसम्म मैले उसलाई डिप्रेशनसँग लड्न मद्दत गरेँ । ऊ आफ्नो रोग स्विकार्न तयारै थिएन न उपचार नै गराउन चाहन्थे ।

मैले उसको कुरा सुनेर घण्टौं बिताएकी छु । उसको सफलताको बाटोमा जोसुकै आएपछि उसले त्यसलाई नष्ट गरिदिने बताउँथ्यो । मैले उसलाई व्यापारमा असफल भएका बेला, घर र जागिर परिवर्तन गर्ने बेला, हरेक पाइलामा समर्थन गरेँ । मैले उसलाई खुसी बनाउनका लागि आफ्नो जीवनको पनि पर्वाह गरिनँ । तर मैले उसलाई खुसी राख्न नसकेकी रैछु भनेर थाहा पाउन यत्तिका वर्ष लाग्यो । तिमी पनि यसो गर्न सक्षम हुने छैनौ ।

जबदेखि मलाई तिमीबारे थाहा भयो म उसलाई शंका गर्न थालेकी छु । अब म उसलाई प्रश्न सोध्न थालेकी छु र म उसले झुट बोलिरहेको हेर्छु । ऊ कति सजिलै झुटो बोल्न सक्छ, मलाई यो देखेर अचम्म लाग्छ । मलाई साथीहरुले पहिलेदेखि नै उसले झुटो बोल्ने गरेको बारे बताउँथे – आफ्नो उमेर, पूर्व श्रीमती, वयस्क छोरा र आफ्नो सैनिकको जागिर बारे पनि ।

तिमीलाई लाग्न सक्छ कि ऊ ‘हिरोइक सिंगल ड्याड’ हुन् जसले आफ्नो करियरका बीच सन्तानको उत्कृष्ट हेरबिचार गरिरहेको छ । तिमीलाई लाग्छ होला कि उसलाई कामको अत्यधिक बोझ छ । उसले तिम्रो खाना र होटलको बिल चुकाउनका लागि एउटा गोप्य क्रेडिट कार्ड राखेको छ जबकी मैले क्रिसमस मनाउन इबेमा सामान बेचेँ ।

के ऊ साँच्चैको बिरामी हो वा ऊ केवल एक कलाकार हो । हुन त म जुन व्यक्तिलाई प्रेम गर्दथेँ, उसको अस्तित्व नै सिद्धिसकेको छ । मलाई आशा छ तिम्रो आँखा मेरोभन्दा चाँडै खुल्नेछन् । आशा गर्छु उसको वास्तविकताले तिम्रो मन टुट्ने छैन । तिमीले आफ्नो सपनाको राजकुमार चाँडै नै पाउनेछौ भन्ने अपेक्षा गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप