‘महिला अधिकारको क्षेत्रमा नेपाल र चीनको सहकार्य आवश्यक’
काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा महिला दिवस मनाईरहँदा संविधानले सुनिश्चित गरेका हक अधिकार के कति कार्यन्वयन भए भनेर फेरि एक पटक सवैले समीक्षा गर्नु पर्ने बेला भएको बताएकी छन् ।
१०९ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल स्थित चिनियाँ राजदूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले नेपालको संविधानले ३३ प्रतिशत हक अधिकार सुनिश्चित गरेको भन्दै सरकार त्यसको पूर्ण कार्यान्वयन गर्नेतर्फ प्रतिवद्ध रहेको बताइन् ।
मन्त्री थापाले छिमेकी राष्ट्र चीनसँग मिलेर महिला अधिकारको क्षेत्रमा नेपाल सरकार सहकार्य गरेर अगाडि बढ्न चाहेको समेत बताइन् । नेपाली र चिनियाँ महिलासँग हातेमाले गर्दै आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक रुपमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्गीले नेपाल–चीनबीच सम्बन्ध र सहकार्य विगतदेखि नै रहँदै आएको र यो सम्बन्ध झन् सृदृढ गर्ने बताईन् । राजदूत याङ्गीले दुई मुलुक बीच महिलाहरुको क्षमता विकास र अधिकारका लागि आगामी दिनमा अझै सहकार्य हुने बताइन् । लैगिंक समानता र महिला विकासको क्षेत्रमा नेपालले ठुलो उपलव्धि हाँसिल गरेको भन्दै प्रसंशा समेत गरिन् ।
सन् २०१८ मा २६० जना महिलालाई चीन सरकारले तालिम प्रदान गरेको समेत उनले जानकारी दिइन् । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला सांसद, नेतृका साथै सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा