शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राजदूतको नेपाली गीतमा नृत्य: चरीजस्तै उड्न पाए गगनको तलतिर (भिडियोसहित)

शुक्रबार, २४ फागुन २०७५, १९ : ५४
शुक्रबार, २४ फागुन २०७५

काठमाडौं– १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, विभिन्न राजनीतिक दलका महिला सांसद, नेतृ लगायत संचारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । 

मन्त्री थापा र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्गीले मात्रै कार्यक्रमा मन्तव्य राखेका थिए ।  कार्यक्रममा मन्तव्य राख्दा चिनियाँ पोशाकमा देखिएकी राजदूत याङ्गी त्यसको केहिबेरमै नेपाली पोशाक लगाएर कार्यक्रम हलमा प्रवेश गरिन् ।

 

त्यहिवेला कार्यक्रममा उपस्थित धेरै सहभागीले उनलाई पहिचान गर्न सकेनन् ।  केहि समय चिनियाँ भोलेन्टियर महिलाहरुले आफ्नो संस्कृति झल्कने खालका कार्यक्रम प्रस्तृत गरिसकेपछि कार्यक्रम सञ्चालकले सहभागिहरु सवैका लागि ‘सरप्राईज’ रहेको उद्घोष गरे । 

कार्यक्रम हलमा सबै उभिरहेका सहभागिहरुको ध्यान एकाएक मञ्चतर्फ गयो । सञ्चालकले सरप्राईज रहेको उद्घोष गर्दा राजदूत याङ्गी नेपाली पोषाकमा सजिएर ग्रुपमा नृत्य गर्न तयारी अवस्थामा बसिसककी थिइन् । त्यतिबेलासम्म सबै सहभागिलाई लागेको थियो । चिनियाँ गीतमानै नृत्य हुँदैछ भनेर । तर, गीत बज्यो ‘चरी जस्तै उड्न पाए गगनको तलतिर, उडि जान्थे धेरै टाढा मायालुको गाँउतिर’ भन्ने नेपाली गीत । 

राजदूत याङ्गीको रोचक नृत्य सहभागी सबैका साँच्चिकै सरप्राईज भएको थियो । उनले नेपाली गीतमा गरेको नृत्य सहभागी सबैले आफ्नो मोबाइलमा कैद गर्न भ्याए ।  नृत्य सकिएपछि एकाएक सहभागिको हुल नेपाली पोसाकमा सुन्दर देखिएकी राजदूत याङ्गीसँग फोटो खिच्नमा व्यस्त देखिन्थ्यो । तस्विर: कृष्ण खड्का/रातोपाटी 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप