मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ

शनिबार, २५ फागुन २०७५, ११ : ०६
शनिबार, २५ फागुन २०७५

वीरगन्ज–वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पासवान र महत्तोलाई पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शनिबार उनीहरुको सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

 प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेका मध्ये पासवान केडिया अपहरणकाण्डका मुख्य योजनाकार हुन् । 

केडिया अपहरण प्रकरणमा महतोविरुद्ध पनि मुद्घा दर्ता रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । 

उनीहरु उद्योगी केडियाको अपहरणपछि भारतीय सिमावर्ती क्षेत्रमा बस्दै आएका तथा बेला–बेलामा नेपाल पनि आउने गरेको सूचना पाएपछि  पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए।

केडिया अपहरण सम्बन्धि मुद्दा , जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेका दुबै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय बारालाई बुझाउने उनले जानकारी दिए ।

यसअघि केडिया अपहरणकाण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले बाराको महागढीमाईका विरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, विरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डे गरी पाँच पक्राउ गरेको थियो । उनीहरु पाँचै जना पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका छन् ।

वीरगंजका उद्योगी सुरेश केडिया २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए । अहपरणमा परेको तीन दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टेलीले केडियालाई भारतको मोतीहारी शहर नजिकैको कटौवा गाउँबाट सकुशल उद्दार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप