बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२०७६ सालमा कुन–कुन राशिलाई शनिग्रहको साढेसाति तथा अढैया दशा छ, हेर्नुहोस्

आइतबार, २६ फागुन २०७५, ०६ : १७
आइतबार, २६ फागुन २०७५

शनि २०७६ साल फाल्गुन ०३ गतेसम्म धनु राशिमा र फाल्गुन ४ गतेबाट मकर राशिमा प्रवेश गर्ने हुनाले निम्न राशि भएका व्याक्तिहरुलाई निम्न अनुशार अढैया र साँढेसाति शनिको प्रभाव रहनेछ ।
१. मकर राशि        — वर्षभरि आद्य र मध्य साढेसाति दशा ।
२. धनु राशि                — वर्षभरि मध्य र अन्त्य साढेसाति दशा ।
३. बृश्चिक राशि        — फाल्गुन ०३ गतेसम्म अन्त्य साढेसाति दशा ।
४. कुम्भ राशि        — फाल्गुन ४ गतेबाट आद्य साढेसाति दशा ।        
५. वृष र कन्या राशि    — फाल्गुन ०३ गतेसम्म अढैया शनि दशा ।
६. मिथुन र तुला राशि    — फाल्गुन ४ गतबाट अढैया शनि दशा ।

शनिफल 

झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलाशुस्ति,मानसम्मान तथा ईज्जत प्रतिश्ठामा आघात पुग्ने,मानशिक चिन्ता तथा स्वास्थ्य सम्बन्धि समस्या देखापर्ने,शरिरमा आलश्यत तथा अल्छिपना बढेर जाने, चोटपटकको भए हुँने र आर्थिक स्थिति कमजोर गराउँने ईत्यादि फलहरु साँढेसाति र अढैया शनि पर्ने व्यात्तिहरुलाई हुनेछ ।

साढे साति र अढैया शनि भएपनि यदि तपाईको जन्म कुण्डलि तथा चिनामा शनि ग्रह स्वगृहि, मित्रगृही,उच्च राशि र ३,६,११ भवमा शनि भएमा शनिग्रहको नकारात्मक फल लाग्नेछैन । कुण्डलिमा शनि ग्रह स्वगृह, उच्च तथा ३,६,११ भावमा भए शुभ शुभ फल प्राप्त हुनेछ ।

शनिग्रहको नकारात्मक प्रभावबाट बच्नको लागि देवि पुजा,शनिमुद्रिका धारण,शनिस्तोत्र पाठ, पीपलमा जल चडाउँने र ज्योतिषिको सल्लाह अनुशार रत्नको प्रयोग गर्नुपर्दछ ।

शनिस्तोत्र

नमस्ते कोणसंस्थाय पिङगलाय नमोस्तुते । 
नमस्ते विभुरुपाय कृष्णाय च नमोस्तुते ।।

नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च । 
नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभौ ।।

नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोश्तुते । 
प्रसादं कुरु देवेश देवेश दीनस्य प्रणतस्य च ।।

पीपलको प्राथना गर्ने मन्त्र
अश्वस्थ १ यस्मिन्त्वयि वृक्षराजे नारायणस्तिष्ठति सर्वकाले ।
अतः स्तुतस्त्वं सततं तरुणां धन्योस्सि चारिष्टविनाशको स्सि ।।

पीपलमा जल चडाउने मन्त्र 
मूलतो ब्रहा्ररुपाय मध्यतो विष्णुरुपिणे ।
अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।

ज्योतिषि दुर्गा प्रसाद भण्डारी 
फोन नं ९८५११७८४५९ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप