शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ वर्षीय बालकद्वारा १० वर्षीया बालिका बलात्कार

आइतबार, २६ फागुन २०७५, १० : २०
आइतबार, २६ फागुन २०७५

दाङ्गमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा १३ वर्षीय बालक प्रहरीद्वारा पक्राउ परेका छन् ।

घोराही उप–महानगरपालिका–१० चारबगियाका १३ वर्षीय बालक जिज्ञासु  (नाम परिवर्तन ) स्थानिय १० वर्षीया बालिका अबोध (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ गरी अनुसान्धान अगाडी बढाइएको डिएसपी घर्ती मगरले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप