मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जसले ‘मोडलिङ’को परिभाषा बदलिन्...

आइतबार, २६ फागुन २०७५, १२ : ५०
आइतबार, २६ फागुन २०७५

एजेन्सी – को सुन्दर छ ? को छैन ..भन्ने विषयमा छलफल गर्नुभन्दा पनि सुन्दरता कस्तोलाई भन्ने, भन्ने कुरा महत्वपूर्ण हुन्छ । सुन्दरता मानिसको हेर्ने आखाँमा हुन्छ भन्ने मान्यता रहँदै आएको छ । यद्यपि, मानिसहरुको सुन्दरताको विषयमा आ–आफ्नै धारणा रहि आएको छ । 

अनुहारको रङ, शारीरिक बनावट जस्ता कुरालाई लिएर मानिसलाई भेदभाव गर्ने तथा सुन्दर र कुरुप छुट्याइने परम्परालाई अभिनेत्री, लेखिका, व्यवसायी तथा मोडल इयोमिको जोनसनले तोडिदिएकी छिन् ।

अमेरिकाको लेक चाल्र्सकी २५ वर्षीया मोडल जोनसनको अनुहारमा भिटिलिगो नामक रोगका कारण सेतो धब्बाले ढाकिएको छ । उनको शरीरभरी पनि सेतो धब्बा फैलिएको छ । यो छालासँग सम्बन्धित रोग हो । यसलाई ल्याकोडर्मा पनि भनिन्छ ।

पेशाले मोडल तथा लेखिका जोनसनलाई सवैभन्दा प्रिय उनको आफ्नै छाला लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘संसारमा मानिसहरु जसलाई सबैभन्दा ठूला कमजोरी ठान्छन् त्यसलाई नै महत्वपूर्ण बस्तु बनाउने हो भने त्यसैले तपाईंलाई संसारबाट अलग्गै बनाउँछ ।’

सुरुमा उनको हातमा सेतो दाग आउँदा उनी २५ वर्षकी थिइन् । सुरुमा उनलाई क्यान्सर भएको हो कि भन्ने शंका लागेको बताइन् । तर, त्यो समस्या क्यान्सर नभएको पछि पत्ता लागेपछि उनलाई अझ धेरै साहस बढेर आएको उनले उल्लेख गरिन् ।

उनले एउटा डिजिटल किताब पनि लेखेकी छिन् । उनको किताबको नाम ‘दि स्पोटेड गर्ल’ हो ।

उनी क्यानेडियन मोडल विनी हर्लोबाट प्रभावित भएकी हुन् । उनी पनि भिटिलिगोबाट ग्रसित छिन् । 

अहिले पनि संसारभरी शरीरिक बनावट र रङलाई लिएर बहस चलिरहेको छ । विश्वका मानिसहरुमा जो जस्तो छ त्यसैगरी स्वीकार गर्नुपर्छ भन्ने धारणाको पनि विकास भइरहेको छ । मानिसहरु जो जस्तो छ, त्यस्तै सुन्दर हुन्छन् भन्ने गतिलो उदाहरुण हुन् इयोमिको । उनले मोडलिङ मार्फत संसारलाई यही सन्देश दिइरहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप