शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुकेश अंवानीको छोरोको बिहेमा मुंबई पुलिसलाई ५० हजार किलो मिठाई

आइतबार, २६ फागुन २०७५, १४ : २३
आइतबार, २६ फागुन २०७५

मुकेश अंवानीले आफ्नो छोरो आकाश अंवानीको बिहेको खुसियालीमा मुंबई पुलिसलाई ५० हजार किलो मिठाई बाँडेका छन् । भारतीय समाचार संस्था पिटिआइले जनाएअनुसार, मुंबईका हरेक पुलिस स्टेशनमा मिठाईको डब्बा पुर्याइएको थियो । शुभकामनाको अपेक्षा गर्दै बाँडिएको ती मिठाईका डब्बाहरुमा मुकेश, नीता, आकाश र अनन्तको नाम लेखिएको थियो ।

स्मरण रहोस्, मुकेश अंवानीको छोरा आकाश अंवानी र श्र्लोका मेहता ९ मार्चको दिन विवाह बन्धनमा बाँधिएका हुन् । श्र्लोका मेहता मोना र रसेल मेहताकी छोरी हुन् ।

आकाश अंवानी र श्र्लोका मेहताको विवाहको उत्सव ९ मार्चबाट शुरुभएर ११ मार्चसम्म चल्ने जनाइएको छ । ९ मार्चमा वरयात्रा र डिनर, १० मार्चमा विवाहोत्सव (मंगलपर्व) र डिनर तथा ११ मार्चमा आकाश र श्र्लोकाको विवाह रिसेप्सन गर्ने कार्यक्रम रहेको छ ।

त्यसो त त्यसअघि नै विवाहको पूर्वसमारोह अंवानी परिवारले स्विट्जरल्याण्डमा मनासकेका छन्, जसमा पंजावी गायक गुरु रंधावाले गाएका थिए भने शाहरुख खान लगायतका नामी व्यक्तिहरु तयसमा उपस्थिति थिए । त्यसैगरी, शिवरात्रीका दिन पनि ती जोडीको सुखद जीवनको कामना गर्दै पूजा समेतको आयोजना गरिएको थियो ।

एक खबर अनुसार उनको छोराको विवाहको एउटा कार्डको मूल्य मात्रै भारु डेढ लाख परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप