शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विरामीको मृत्यु भएपछि जनकपुर अञ्चल अस्पताल तनावग्रस्त

मङ्गलबार, २८ फागुन २०७५, १६ : ३९
मङ्गलबार, २८ फागुन २०७५

जनकपुर– जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी ५० वर्षीय रामनारयण मण्डलको मृत्यु भएपछि विरामीका आफन्त र अस्पताल कर्मचारीबीच भनाभन र हात हालाहाल नै भएको छ । 

हर्टअट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइएको आफन्तले बताएका छन् । तर आकस्मिक कक्षमा ड्यूटीमा रहेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्रै उपचार हुने भनेपछि विरामीका आफन्त पुर्जा लिन जाँदा विरामीको मृत्यू भईसकेको परिवारका सदस्यको आरोप छ । 

मृतकका परिवारले चिकित्सकको लापरवाहीले मृत्यू भएको प्रहरीलाई गुनासो गर्दा चिकित्सकले उल्टै आफुमाथि कुटपिट गरेको पनि बताएका छन् । मण्डलका दुई छोरा रमेश र राजाराममाथि कुटपिट भएको बताइएको छ ।

अहिले अस्पतालको अवस्था तनावग्रस्त छ । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अस्पतालमा आपतकालिन वैठक बसिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप