बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा मोटरसाइकललाई ठक्करपछि बस पल्टियो, ३ को मृत्यु

बुधबार, २९ फागुन २०७५, ११ : १३
बुधबार, २९ फागुन २०७५

जनकपुर–सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । 

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार  २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक  रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ । 
घटनापछि अहिले राजमार्गमा यातायात ठप्प छ । 

 घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् भने उनीहरुलाइ उपचारका लागि सिरहाकाे लहान स्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप