शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा हारेपछि एमाले दार्चुला जिल्ला कमिटी विघटन

बुधबार, १८ साउन २०७४, ११ : ०३
बुधबार, १८ साउन २०७४

दार्चुला– स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको नेकपा एमाले दार्चुलाको विस्तारित बैठकले जिल्ला कमिटी नै विघटन गरेको छ । 
आइतबार सुरु भएको एमाले विस्तारित बैठकले जिल्ला कमिटी विघटन गरेपछि जिल्ला अध्यक्ष रामदत्त जोशीको संयोजकत्वमा ५४ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
बैठकले पार्टीको आठौ जिल्ला अबिधेशन आगामी भदौ २८, २९ र ३० गते आयोजना गर्ने निर्णय पनि गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गरेको एमालेले जिल्लाका तीन स्थानीय तहमा मात्र जितेको र दुई नगरपालिका सहित ६ स्थानीय तहमा हार व्यहोरेकाले जिल्ला नेतृत्वको आलोचना हुँदै आएको थियो ।
बर्तमान जिल्ला कमिटीको म्याद समाप्त भएकोले जिल्ला कमिटी विघटन गरेर जिल्ला अधिवेशन कमिटि विघठन गरेको प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए । जिल्लामा व्यहोरेको हारपछि एमाले समर्थित युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पार्टी नेतृत्वको विरोध गर्दै पार्टीलाई सुदृढ ढंगले सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप