शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता गुल्सनले भने,‘नेपाल आउँदा दिल गार्डेन–गार्डेन हो गया’

बुधबार, २९ फागुन २०७५, १८ : ३६
बुधबार, २९ फागुन २०७५

काठमाडौं– बलिउड अभिनेता गुल्सन ग्रोबरले नेपाल आउँदा मनै आनन्दित भएको बताएका छन् । बुधबार साँझ पाटन दरबार स्क्वायर क्षेत्रमा फिल्म ‘द म्यान फ्रम काठमाडौं’ले आयोजना गरेको प्रमोसनल टुरमा उनले यो पटकको आफ्नो नेपाल भ्रमण तेस्रो रहेको बताए ।

नेपाली, नेपालको संस्कृति र नेपालको खाना समेत आफुलाई निकै मनपर्ने बताएका उनले नेपालीको निर्दाेष र सोझोपन आफुलाई प्रिय लाग्ने सुनाए । ‘म पहिलो पटक मेरो साथी अभिनेत्री मनिषा कोइरालासँग नेपाल आएको थिए’ उनले भने ‘दोस्रो पटक ‘द म्यान फ्रम काठमाडौं’ सुटिङमा आए ।’ तेस्रो पटक आफुलाई नेपाल ल्याउने काम फिल्मका निर्माता नक्किम उदीनले गरेको उनले बताए । ‘म अहिले फिल्मको प्रचार गर्न, फिल्मको रिलिज मिति बताउन र प्रिमियरमा सँगै फिल्म हेर्न काठमाडौ आएको हो’ उनले थपे । 

हरियो कोट, कोट भित्र हरियो नै टिसर्ट र जिन्स पाइटमा सजिएर आएका गुल्सनले फिल्मको हिरोइन आना शर्माको सौदर्यको समेत वर्णन गरे । उनले आफ्ना केही हिन्दी फिल्मका चर्चित डाइलग सुनाएर दर्शकहरुलाई मोहित समेत पारेका थिए ।

कार्यक्रममा गुल्सनले दर्शकसँग तस्बिर खिचाउनुको अलवा दर्शकलाई प्रश्न सोधेर फिल्मको लोगो अंकित टिसर्ट र प्रिमियरको टिक समेत बाँडे । कार्यक्रममा फिल्मका कलाकार जोसे म्यानुअल, आना शर्मा, शिशिर बाङ्देल, निर्देशक पेमा धोन्डुप र निर्माता नक्किन उपस्थित रहेका थिए । 

चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘द म्यान फ्रम काठमाडौं’ पाँच करोड लगानीमा निर्माण भएको नेपालमा बनेको अङ्ग्रेजी फिल्म हो । गुल्सन दुई दिने नेपाल भ्रमणका लागि आजै काठमाडौं आएका हुन् । ११ बजे काठमाडौ उत्रिएका गुल्सन भोली साँझ हुने फिल्मको प्रिमियरमा समेत सहभागी हुनेछन् । उनी शुक्रबार भारत फर्किने कार्यक्रम रहेको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप