नेपाली दुतावास युएईको पहलमा नेपाली चेलीको उद्दार
-बिनोद श्रेष्ठ
युएई । नेपाली दुतावास युएईको बिशेष पहलमा युएईको अलऐनबाट एक नेपाली चेलीसहित अन्य मुलुकका गरि ८ महिलाको उद्दार गरिएको छ ।
८ महिनादेखि युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा बन्धक बनाएर राखिएकी हरिवन–५ सर्लाहीकी अस्मिता (बजु) तामाङलाई गए राती स्थानीय प्रहरीको सहायताबाट उद्दार गरिएको हो । उनीसँगै अन्य मुलुक भारत, श्रीलङ्का र इन्डोनेसियाका ७ महिलाको पनि उद्दार गरिएको छ ।
१० महिना पहिले आफ्नै नातेदार तिर्थ तामाङमार्फत भिजिट भिषामा भारत हुँदै युएई आएकी २० वर्षीया तामाङ युएईका नेपाली दलाल (एजेण्ड) जोन तामाङले घरेलु कामदारको लागी ओमन पुर्याएका थिए ।
कामको शिलशिलामा उनको दाइने हातमा चोट लागेर काम गर्न नसक्ने भएपछि उनलाई युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा ८ महिना देखि बन्धक बनाएर राखेको थियो ।
‘काम गर्न नसक्ने भए, मलाई उपचार गरेर घर पठाईदिनु भन्दा,’ घरको तेस्रो तलामा थुनेर राखिएको अस्मिताले रातोपाटीलाई बताइन् ।
उनले रूँदै भनिन्, ‘२४ घन्टामा १ छाक खाना त्यसमा पनि रोटी (खबुस) दिने, पेटभरी खान कहिल्यै नपाएको कथा सुनाइन् ।’
पछिल्लो समयदेखि झन् कोठामा बिजुलीबत्ती, पानी नभएकोले १७ दिनदेखि राम्ररी मुख धुन समेत नपाएको उनले बताइन् ।
उद्दारलगतै नेपाली दुतावास युएईको रोहबरमा उनलाई अलऐन अस्पताल लगिएको थियो । समान्य उपचार पश्चात उनलाई नेपाली दुतावासको महिला सेल्टरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान