बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुक नचलेर के तपाईं पनि तनावमा हुनुहुन्छ ?

बिहीबार, ३० फागुन २०७५, ०७ : ३६
बिहीबार, ३० फागुन २०७५

बीबीसी

सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताले बुधबार रातीदेखि करिब १० बजेदेखि समस्या देखा परेका छन् । यो खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा ठूलो समस्या हो।

नेपाललगायत संसारका विभिन्न भागमा फेसबुक समूहका यी तीन प्लेटफर्मको प्रयोग गर्ने विभिन्न प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले राम्रोसँग काम नगरेको बताइरहेका छन् ।

फेसबुकले केही प्रयोगकर्तालाई फेसबुक चलाउन समस्या भइरहेको स्विकारेको छ ।

फेसबुकको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ, ‘केही प्रयोगकर्तालाई फेसबुकसँग जोडिएका एप्स प्रयोग गर्न समस्या भएको बारे हामी अवगत छौं । हामी यथाशीघ्र यो समस्यालाई सुल्झाउने कोसिस गरिरहेका छौं ।’

के छ समस्या ?

फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्।

म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।

डाउनडिटेक्टर नामको वेबसाइटले दाबी गरेअनुसार संसारभरी ११ हजार बढी प्रयोगकर्ताले फेसबुकमा समस्या व्यवहोरिरहेका छन् । यो वेबसाइटमा मानिसहरुले वेबसाइट र एप्समा हुने समस्या रिपोर्ट गर्न सक्छन् ।

जब फेसबुकमा समस्या भयो तब धेरैले ट्वीटरमार्फत् यसको जानकारी दिए ।

अहिले पनि समस्या यथावत् छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप