मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी चम्किएपछि बार्सिलोना क्वार्टरफाइनलमा

बिहीबार, ३० फागुन २०७५, ०९ : ३१
बिहीबार, ३० फागुन २०७५

एजेन्सी – कप्तान लियोनल मेस्सी चम्किएपछि स्पेनिस महारथि बार्सिलोना युरोपियन च्यापियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली प्रतिद्वन्द्वी लियोनलाई ५–१ गोलले हरायो । यसअघि लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेको बार्सिलोनाले समग्रमा ५–१ गोलको जित हात पारेको छ ।

बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले दुई गोल सहित थप दुई गोलको लागि सहयोग गरे । खेल सुरु भएको १८औं मिनेटमै मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । ३१औं मिनेटमा फिलिप कोउटिन्होले टोलीको अग्रता दोब्बर बनाए । उनले लुइस स्वारेजको पासमा गोल गरेका थिए ।

५८औं मिनेटमा लियोनका लुकास टुसार्टले जवाफी एक गोल फर्काए । ७८औं मिनेटमा मेस्सीले व्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए । ८१औं मिनेटमा जेरार्ड पीकेले बार्सिलोनालाई ४–१ को बलियो अवस्थामा पुर्याए । ८६औं मिनेटमा ओउसमाने डेम्बेलले बार्सिलोनाका लागि पाँचौं गोल गरेका थिए ।

यसजितसँगै बार्सिलोना कीर्तिमानी रुपमा लगातार १२औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको पछिल्ला ३० खेलमा बार्सिलोनाले हार खाएको छैन । जसमा २७ खेल बार्सिलोनाले जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ । च्याम्पियन्स लिगमा यो सबैभन्दा लामो अपराजित यात्रा हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल तालिका सुक्रबार राति सार्वजनिक हुने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप